चीनबाट ल्याइने भेरोसेल खोप ५५ वर्षमाथिका नागरिकलाई दिने तयारी

२४ असार २०७८ काठमाडौं । सरकारले चीनबाट ल्याइने भेरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको खोप अर्को हप्तादेखि लगाउन शुरु गरिने जानकारी दिनुभयो ।
कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत गत वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज) लगाउन सरकारले नागरिकबाट आवेदन माग गरेको थियो । कोभिड–१९ पहिलो डोज खोपका लागि करिब १४ लाख नागरिकले स्वेच्छिक आवेदन दिएको पनि डा अधिकारीले जानकारी दिनुभयो ।
गत वैशाख ३१ गतेबाट शुरु भएको आवेदन मागअनुसार तेस्रो सातासम्म करिब १४ लाख नागरिकले स्वेच्छिक आवेदन दिएको खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताउनुभयो ।
सरकारले खोप लगाउन चाहने नागरिकको विवरण संकलन गर्दै खोप लगाउन चाहने नागरिकबाट सार्वजनिक रुपमा विवरण माग गरेको हो ।
प्रतिक्रिया