प्रदेश २ प्रदेशसभा बैठक असार २५ गतेसम्मका लागि स्थगित
२३ असार २०७८ काठमाडौं । आजका लागि तय भएको प्रदेश २ को प्रदेश सभा बैठक २५ गतेसम्मका लागि स्थगित भएको छ ।
आज बस्ने भनिएको प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिनुभयो । प्रदेश सभा बैठक बस्न नसक्दा आगामी आर्थिक बर्ष २०७८–७९ को बजेटमा छलफल शुरु हुन सकेको छैन ।
बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सासदले अवरुद्ध गरेका थिए । एमाले र माओवादी केन्द्रले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो ।
तर, सहमति हुन नसकेपछि १५ गतेको बैठकलाई आजसम्मका लागि सारिएको थियो । अब २५ गते बैठक बस्नेछ ।
चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभा सचिव यादवले बताउनुभयो ।
प्रतिक्रिया