सुजिता भण्डारी हत्याकाण्ड : चितवनको राप्ती नगरपालिका-३ का कर्फ्यु आदेश जारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २२ गते १९:४४
सुजिता भण्डारी हत्याकाण्ड : चितवनको राप्ती नगरपालिका-३ का कर्फ्यु आदेश जारी (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ चितवन । चितवनको राप्ती नगरपालिकाका बासिन्दाले सुजिता भण्डारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रशासनले वडा नम्बर ३ मा कर्फ्यु आदेश जारी गरेको छ ।

असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव हिजो ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो ।

भण्डारीको हत्या भएको भन्दै स्थानीयबासिन्दाले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई पक्राउ गर्न माग गरेका छन् । स्थानीयबासिन्दाले बन्द गरेको सडक प्रहरीले खुलाउने क्रममा झडपसमेत भएको छ ।

भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले ना ४ ख २१४९ नम्बरको ट्रकमा तोडफोड गरेका छन् ।

स्थानीयबासिन्दाको प्रदर्शन चर्किँदै गएपछि प्रशासनले भोलि बेलुकी साढे ७ बजेसम्मका लागि राप्ती नगरपालिका वडा नम्बर ३ भरी कर्फ्यु आदेश जारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *