हत्यारा पक्राउ गर्न माग गर्दै राजमार्गमा अवरोध

हिमालय टिभी
२०७८ असार २२ गते १९:०५
हत्यारा पक्राउ गर्न माग गर्दै राजमार्गमा अवरोध

२२ असार २०७८ चितवन । चितवनको राप्ती नगरपालिकाका बासिन्दाले सुजिता भण्डारीका हत्यारा पक्राउ गर्न माग गर्दै आज पनि पूर्वपश्चिम राजमार्गमा अवरोध गरेका छन् ।

असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव हिजो ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो ।

भण्डारीको हत्या भएको भन्दै स्थानीयबासिन्दाले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई पक्राउ गर्न माग गरेका छन् । स्थानीय बासिन्दाले बन्द गरेको सडक प्रहरीले खुलाउने क्रममा झडपसमेत भएको छ ।

भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले ना ४ ख २१४९ नम्बरको ट्रकमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *