प्रदेश १ संसदमा देखिएको गतिरोध अन्त्य

हिमालय टिभी
२०७८ असार २२ गते १७:०६
प्रदेश १ संसदमा देखिएको गतिरोध अन्त्य

२२ असार २०७८ विराटनगर । प्रदेश १ को संसदमा देखिएको गतिरोध अन्त्य भएको छ ।

प्रदेश सरकार र माओवादी केन्द्र बीच संसद बैठक खुलाउने विषयमा सहमति भएसँगै प्रदेश सभा बैठक सञ्चालन भएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा व्यक्ति लक्षित गरी राखेको अभिव्यक्तिको रेकर्ड हटाउने र सदनमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न सभामुखले सचेत गराउने सहमतिसँगै संसदको गतिरोध अन्त्य भएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभा सांसद मोहनकुमार खड्का बारेमा दिएको अभिव्यक्ति अमर्यादित भन्दै माफी माग्नुपर्ने माग राख्दै माओवादीले लगातार प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो । तर आज सहमतिपछि बैठक चलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *