गोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

हिमालय टिभी
२०७८ असार २१ गते ८:४२
गोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

२१ असार २०७८ धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर –६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेकी हुन् ।

अवैध वन्यजन्तुको शिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *