बागमती प्रदेशसभाको बैठक आज बस्दै

हिमालय टिभी
२०७८ असार २१ गते ८:२३
बागमती प्रदेशसभाको बैठक आज बस्दै

२१ असार २०७८ काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ ।

यसअघि हिजोका लागि तय बैठक विशेष कारण देखाउँदै आजका लागि सारिएको थियो । सभामुख सानु कुमार श्रेष्ठको आह्वानमा बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

विपक्षी दलले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

सहमतिको प्रयासका लागि हिजो हेटौंडामा सर्वदलीय बैठक बसेको थियो । बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी हुनुहुन्थ्यो ।

आज बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *