मन्त्रीको अभिव्यक्तिका कारण प्रदेश १ प्रदेशसभा बैठक निरन्तर प्रभावित

हिमालय टिभी
२०७८ असार २० गते १९:०६
मन्त्रीको अभिव्यक्तिका कारण प्रदेश १ प्रदेशसभा बैठक निरन्तर प्रभावित

२० असार २०७८ काठमाडौं । प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश १ को बजेट अधिवेशन निरन्तर प्रभावित भइरहेको छ ।

भौतिक पूर्वाधारमन्त्री अम्मिरबाबु गुरुङले सदन‌समक्ष माफी माग्नुपर्ने माग राख्दै नेकपा माओवादी केन्द्रले प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध गरेको छ ।

पछिल्ला चार वटा बैठक माओवादीले अबरुद्ध गरेका कारण चल्न सकेको छैन । आजको बैठकमा माओवादी केन्द्रका संसदहरुले उठेर बिरोध जनाएपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री गुरुङले सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेकाले माफी माग्नु पर्ने माओवादीको अडान छ ।

मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माओवादीको माग छ । सदनमा मन्त्रालय गत बजेट विनियोजन र कार्यक्रमको विषयमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *