राजनीति

नेता नेपालले प्रधानमन्त्री ओलीसँग भेट गर्न अस्वीकार गर्नुभयोः एमाले उपमहासचिव पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २० गते १६:४५
नेता नेपालले प्रधानमन्त्री ओलीसँग भेट गर्न अस्वीकार गर्नुभयोः एमाले उपमहासचिव पौडेल (भिडियो रिपोर्टसहित)

२० असार २०७८ काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताउनुभएको छ ।

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आइतबार बिहान नेता नेपाललाई भेट्नुभएको थियो । भेटमा उहाँले प्रधानमन्त्रीसँग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा नेता नेपालसँगका भेटबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफुले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “ माधव कमरेडको मा गएका थियौं, म, सुवासजी र शंकरजी भएर । उहाँसँग एकछिन कुराकानी भयो । हामीले के आग्रह गर्यौ भने, ‘पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ । हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन् । तपाईहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसंग छलफलमा छौ । समाधान खोजेर अगाडि जाउँ । पार्टी अध्यक्ष र तपाईको बीचमा मिटिङ होस् हामी त्यो चाहन्छौ’ भनेर हामीले प्रस्ताव राख्यौ । उहाँले खासगरीकन प्रधानमन्त्रीसँग भेट्नका लागि अरुची प्रकट गर्नुभयो । भेट्ने कुरामा खासै रुची राख्नुभएन । ठिकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौ । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *