Main News
काठमाडौंबाट जापानको लागि तोकिएको नेपाल एयरलाइन्सको उडान रद्द
२०७८ असार २० गते १४:३२

२० असार २०७८ काठमाडौं । जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द भएको छ ।
नेपाल एयरलाइन्सले एक सूचना जारी गरी नारिता उडान रद्द भएको जानकारी दिएको छ ।
कोरोना महामारीका कारण नारिताको उडान रद्द गर्नु परेको एयरलाइन्सको भनाइ छ । स्वास्थ्य मापदण्ड पालना गर्दै हुने उडानमा नेपाल एयरलाइन्सले जापानको नारितामा प्रतिउडानमात्र ६० जना मात्र यात्रु लैजान पाउने प्रावधान छ ।
लामो दुरीको यो रुटमा ६० जना मात्र यात्रु बोकेर उडान गर्दा खर्च पनि उठ्दैन । त्यसैले नेपाल एयरलाइन्सले उडान रद्ध गरेको हो । सरकारले जुलाई भरका लागि नारितामा हरेक शुक्रबार एक उडान गर्ने गरी नेपाल एयरलाइन्सलाई अनुमति दिएको थियो ।
नेपाल एयरलाइन्सलाई सातामा कुल २३ उडान गर्ने गरि १४ गन्तब्यमा विशेष नियमित उडानको अनुमति छ ।
प्रतिक्रिया