विपक्षी दलद्वारा बागमती प्रदेशसभाको बैठक अवरुद्ध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १९ गते १८:२९
विपक्षी दलद्वारा बागमती प्रदेशसभाको बैठक अवरुद्ध (भिडियो रिपोर्टसहित)

१९ असार २०७८ मकवानपुर । विपक्षी दलले बागमती प्रदेशसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले प्राकृतिक विपद् व्यवस्थापनलाई पूर्णरुपमा बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलले सदनमा अवरोध गरेका हुन ।

नेकपा माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा पार्टी, मजदुर किसान पार्टी र राप्रपाका सांसदले बैठकमा उठेर विरोध गरेका थिए ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफूहरुको माग सम्बोधन नभएसम्म सदन चल्न नदिने बताउनुभयो ।

विपक्षी दलको अवरोधका कारण स्थगित गरिएको प्रदेश सभाको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *