पहिरोले सवारी साधन पुरिँदा धादिङमा दुई जनाको मृत्यु, ६ जना घाइते

हिमालय टिभी
२०७८ असार १९ गते १२:५६
पहिरोले सवारी साधन पुरिँदा धादिङमा दुई जनाको मृत्यु, ६ जना घाइते

१९ असार २०७८ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय वीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।

यसैबीच धादिङको थाक्रे गाउँपालिकास्थित सिम्लेमा निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल महेश खोलामा आएको बाढीले भाँचिएको छ । निरन्तरको अविरल वर्षापछि आएको बाढीले उक्त पुल भाँचिएको हो ।

आग्राखोलामा बाढी आएपछि महेश खोलाको स्वरुप परिवर्तन भई बाढी आउँदा थाक्रे गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ११ जोड्ने पक्की पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *