मन्त्री हटाउन माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
१८ असार २०७८ सुर्खेत । सरकारमा सामेल आफ्ना मन्त्रीलाई हटाउन माग गर्दै नेकपा एमालेले आज पनि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
बैठक सुरु हुनासाथ एमाले सांसद दानसिंह परियारले सरकारमा सामेल भएका एमालेका मन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभयो ।
त्यसपछि एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख राजबहादुर शाहीले लामो समयदेखि रोकिएको बजेटमाथिको छलफल अघि बढाउन आग्रह गर्नु भएको भयो ।
एमालेका सांसदले नमानेपछि बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको थियो । एमालेले फ्लोर क्रस गरेर मन्त्री भएका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको राजीनामा माग गर्दै लगातार संसद् अवरुद्ध पार्दै आएको छ ।
असार १ गते कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट संसद्मा पेश गरेको थियो । बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया