समाज

महोत्तरीबासीको पीडा : आकाशमा कालो बादल मडारिँदा चिन्ताले सताउँछ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १६:२७
महोत्तरीबासीको पीडा : आकाशमा कालो बादल मडारिँदा चिन्ताले सताउँछ (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ महोत्तरी । बाढीले महोत्तरीमा वर्षेनी नोक्सानी गर्ने गरेको छ । तर बाढी र डुबान रोकथामका लागि खासै काम हुन सकेको छैन । स्थानीय बासिन्दाले नदीमा तटबन्ध बनाउन पटक पटक माग गरे पनि सुनुवाइ भएको छैन ।

दैनिक ज्यालादारी गरेर घर परिवार चलाउँदै आएका महोत्तरी भंगहा नगरपालिका वडा नम्बर ६ संग्रामपुरका ३५ वर्षीय वीरेन्द्र कापरको गत वर्ष आएको वाढीमा मृत्यु भयो । त्यो भन्दा पहिले २०७६ सालमा आएको वाढीले महोत्तरीमा ६ बालक र एक वृद्धसहित आठ जनालाई वगायो ।

२०७५ सालमा दश जनाको वाढीमै डुवेर मृत्यु भयो । गत वर्ष आएको वाढीले बर्दिवासको किसाननगर, कृष्णपुर, पशुपतिनगर तथा भंगहाको जमुनिया टोल, हतिसर्वा, सिंग्हायी, कविलासा लगायतको स्थानमा सयौं मिटर तटबन्ध तोड्यो । त्यस्तै बल्वा नगरपालिकाको भगवतीपुर, भल्नी र तिलगढमा समेत तटबन्ध बगायो ।

बाढीले वर्षेनी क्षति बढाउँदा पनि जनताको तटबन्धबाट रकम नआएको भन्दै यहाँ तटबन्ध बनाइएको छैन । पिपरा गाउँपालिकाको पिपरा र गोनरपुराबीचको चौरी क्षेत्रमा करिव ३ सय मिटर जग्गामा कुनै समय तटबन्ध नै निर्माण भएन । यो वर्ष पनि बर्खा शुरू भएपछि पोहोरकै नियति दोहोरिने हो कि भन्ने चिन्ता छ ।

बर्खाको समयमा चुरे क्षेत्रबाट ग्राभेल र माटो बगाएर ल्याउने तथा भावर र समथर क्षेत्रमा थुप्रिने गरेको छ । यसले नदीको वेस भरेर ग्राभेल र माटोसँगै आउने पानीले बाटो खोज्दै नदीकै छेउमा तटबन्ध भएको अवस्थामा कमजोर स्थानको तटबन्ध तोडदै मानव वस्ती र खेती योग्य जमिनमा पस्दै विनास गर्छ ।

खोला तथा नदीबाट कुनै प्राविधिक मापदण्डबिना माटो बालुवा र गिट्टी झिक्नाले तटबन्धहरु कमजोर बन्दै गएको र नदीले जथाभावी कटान गरेको विज्ञको भनाइ छ ।

महोत्तरीमा तटबन्ध र अन्य विभिन्न कारणले मानव वस्तीमै बाढी पसे धनजनको क्षति कम गर्न विपद व्यवस्थापन समितिले पूर्व तयारी पूर्ण रुपमा गर्न सकेको छैन । स्थानीय तहरुले समेत समन्वय नगरेको जिल्ला प्रशासनको गुनासो छ ।

वर्षेनी आउने वाढीले देशले आर्थिकसंगै भौतिक क्षति समेत व्यहोरी रहँदा तिनै तहको सरकारले नदी नियन्त्रणको लागि प्रयास थाल्नु अपरिहार्य छ । अझै वाढी नियन्त्रणको लागि प्रयास नगरिए तराईको भुमि मरुभुमि बन्ने खतरा छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *