Main News
सभापतिमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने नेता निधिको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)
२०७८ असार १७ गते २०:४१

१७ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताउनु भएको छ ।
१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आफ्नो निर्णय पुनर्विचार नगर्ने समेत प्रष्टिकरण दिनुभएको छ । हचुवाको भरमा आफूले निर्णय नगरेको र छाड्नका लागि उम्मेदवारी घोषणा पनि नगरेको उहाँले बताउनुभयो ।
समय आएपछि आफ्नो नेतृत्वमा दुई जना उपसभापति सहित अन्य पदका लागि प्यानल नै सार्वजनिक गर्ने पनि उपसभापति निधिले जानकारी दिनुभयो ।
महाधिवेशन प्रतिनिधिको मन जित्ने उम्मेदवारलाई निर्वाचित हुनबाट कसैले पनि रोक्न नसक्ने उपसभापति निधिको धारण छ ।
प्रतिक्रिया