गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा बाँस्तोला

हिमालय टिभी
२०७८ असार १४ गते २०:३७
गण्डकी प्रदेश मुख्य न्यायाधिवक्तामा  बाँस्तोला

१४ असार २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज उहाँलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

पोखराका बाFस्तोला २५ वर्षदेखि कानून व्यवसाय क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष बाँस्तोला डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्ष हुनुहुन्छ ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानूनी सल्लाहकार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *