भोलि धान दिवसका अवसरमा कर्णालीमा सार्वजनिक विदा

हिमालय टिभी
२०७८ असार १४ गते १८:२०
भोलि धान दिवसका अवसरमा कर्णालीमा सार्वजनिक विदा

१४ असार २०७८ सर्खेत । कर्णाली प्रदेशमा सरकारले धान दिवसका दिन भोलि सार्वजनिक विदा दिएको छ ।

असार १५ गते भोलि देशभर धान दिवस मनाइँदैछ । प्रदेश मन्त्रिपरिषदको बैठकले दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

जुम्लावाहेकका ९ जिल्लाका सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा विदा दिइने निर्णय भएको प्रदेश आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *