गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

हिमालय टिभी
२०७८ असार १४ गते ६:५०
गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

१४ असार २०७८ नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार प्रतिवादीलाई आइतबार जेल चलान गरिएको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय संरक्षणकर्मीहरुको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ । अदालतको आदेशानुसार मगरलाई पुर्पक्षका लागि कारागार पठाइएको अधिकारीले बताउनुभयो ।

आइतबार कारागार पठाइएका थापाको नाममा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको अधिकारीले बताउनुभयो । थापासहित यस वर्ष गैँडा मुद्दामा २७ जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *