कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध

हिमालय टिभी
२०७८ असार ११ गते १९:१२
कर्णाली प्रदेशसभा बैठक आज पनि अवरुद्ध

११ असार २०७८ सुर्खेत । बजेट सार्वजनिक भएदेखि बस्न नसकेको कर्णाली प्रदेशसभा बैठक आज फेरि अवरुद्ध भएको छ ।

एमालेको आन्तरिक विवादका कारण कर्णाली प्रदेशसभा बैठक प्रभावित बनेको छ । आज दिउँसो २ बजे बसेको बैठक एमालेका केही सांसदको विरोधका कारण १५ मिनेटमै स्थगित भएको छ ।

एमालेका सांसद रोष्ट्रममा उभिएपछि सभामुख राजबहादुर शाहीले बैठक असार १३ गते दिउँसो २ बजेसम्मका लागि सदन स्थगित गर्नुभयो ।

एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने बताएको छ ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका एमालेका चार जना सांसदमध्ये तीन जना मन्त्री छन् । तर एमालेको एउटा पक्षले उनीहरुले राजिनामा दिनुपर्ने माग गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *