स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई जनही ५० हजार धरौटीमा छाड्न आदेश

६ असार २०७८ बाँके । अदालतले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न तीन जनालाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।
जिल्ला अदालत बाँकेका न्यायशीश श्यामसुन्दर अधिकारीको इजलाशले आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज रावत र भरत रावतलाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
जेठ १३ गते स्वास्थ्यकर्मीको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङ तुल्सीपुरका तीन रावतले भेरी अस्पतालका सदीक्षा गैरे, अस्विनी गुरुङ, रीता भन्डारी, भावना श्रेष्ठ, कविता पुन, चन्द्रप्रकाश शाहु, दीपक गुप्ता र समा अन्सारीमाथि आक्रमण गरेका थिए ।
घटनापछि बाँके प्रहरीले तीनै जना अभियुक्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको थियो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको नेतृत्वको छानबिन समितिले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया