सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमण

हिमालय टिभी
२०७८ असार ६ गते १७:०९
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमण

६ असार २०७८ चौतारा । सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमण देखिन थालेको छ।

बाढी पहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

उपचारपछि हाल उनीहरुको स्वास्थ्य सामान्य रहेको कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले बताउनुभयो । उनीहरु मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविरमा बसेका थिए।

बाढी प्रभावितमा झाडापखाला बाहेक अहिलेसम्म अन्य स्वास्थ्य समस्या नदेखिएको उहाँले बताउनुभयो । झाडापखालाको समस्या देखिएपछि ती क्षेत्रमा हाल पानी परीक्षण गर्ने तयारी गरिएको छ ।

बाढीपछि मेलम्चीमा करिब ६ सय र हेलम्बुमा करिब ५ सय जना विस्थापित भएका छन्। उनीहरु अहिले अस्थायी शिविरमा बसिरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *