नुवाकोटका स्थानीय तह र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण (भिडियो रिपोर्टसहित)
२०७८ असार १ गते १८:०९

१ असार २०७८ नुवाकोट । यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीय तह र स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
ट्रष्टले नुवाकोटका स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सन्ट्रेटर, मास्क, पिपिई, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सबै शक्ति कोरोना नियन्त्रणमा लगाउन सरकारलाई सुझाव दिनुभयो ।
अमेरिकन मेडिकल फाउन्डेशन, नेपाल चिकित्सक संघ लगायतको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको ट्रष्टका अध्यक्ष डा। केदारनरसिंह केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया