गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

हिमालय टिभी
२०७८ जेठ ३१ गते १८:५४
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

३१ जेठ २०७८ पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।

भोलि बजेट ल्याउनैपर्ने भएकाले नयाँ सरकार गठन भएको तीन दिनमै नीति तथा कार्यक्रम ल्याइएको हो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमितको उपचारका लागि आवश्यक प्रबन्ध गरिने, अभिभावक गुमाएका बालबालिकाका लागि उचित व्यवस्थापन गरिने लगायत उल्लेख छ ।

प्रदेशलाई नेपालको मुख्य पर्यटकीय केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । गण्डकी विश्वविद्यालयमा ५ सय शैयाको शिक्षण अस्पतालका साथै ५०र५० बेडका मुटु, मिर्गौला र क्यान्सर अस्पताल निर्माण शुरु गरिने पनि कार्यक्रममा उल्लेख छ ।

प्रदेशका सवै स्थानीय तहका केन्द्र जोडने सडक २ बर्ष भित्र निर्माण गर्ने, द्रुतमार्ग निर्माणलाई प्राथमिकता दिने, सिद्धार्थ र पृथ्वी राजमार्गको स्तरोन्नती गर्ने कामलाई पनि प्राथमिकता दिइएको छ ।

अन्य ६ प्रदेशले यसअघि नै नीति तथा कार्यक्रम ल्याइसकेका छन् । सबै प्रदेश सरकारले भोली आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *