प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

हिमालय टिभी
२०७८ जेठ ३० गते १८:२६
प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

३० जेठ २०७८ विराटनगर । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको हो ।

युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले बताउनुभयो ।

युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *