डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने
२०७८ जेठ २९ गते १८:३४

२९ जेठ २०७८ धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश दुई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
मुखियापट्टि मुसहर्निया गाउँपालिका वडा नम्वर ६ स्थित पोखरीमा डुबेर मृत्यु भएका ५ जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले राहत स्वरुप प्रति परिवार एक लाख रुपैया दिने भएको हो ।
स्थानीय हुलाश यादवको बन्न लागेको माछा फार्मको पोखरीमा डुबेर हिजो लक्ष्मीनिया यादव, चन्द्रकुमारी भगत, मञ्जु पुर्वे, चाँदनी ठाकुर र ललिता साहको मृत्यु भएको थियो ।
यस्तै सांसद जुली महतोले पनि प्रति परिवार दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
प्रतिक्रिया