भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग
२०७८ जेठ २८ गते १८:२०

२८ जेठ २०७८ पोखरा । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
छिमेकी पहिलो नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण आज नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया