सोलुखुम्बूमा करेन्ट लागेर दुई जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ २८ गते १३:५८
सोलुखुम्बूमा करेन्ट लागेर दुई जनाको मृत्यु

२८ जेठ २०७८ सोलुखुम्बू । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले विद्युत लाइन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको मृत्यु भएको छ ।

सोलुदूधकुन्ड नगरपालिका वडा नम्बर ८ पत्तालेको सेतो माने नजिकै क्रेनले ३३ केभिए प्रसारण लाइन छुँदा गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो ।

ग १ ज ५१७३ नम्बरको गाडीमा सवार अन्य दुई जना घाइते भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *