प्रदेश २ सरकारद्वारा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

हिमालय टिभी
२०७८ जेठ २४ गते १८:५८
प्रदेश २ सरकारद्वारा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

२४ जेठ २०७८ धनुषा । प्रदेश २ सरकारले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आज प्रदेश सभामा विनियोजन विधेयक २०७८ को सिद्धान्त, उद्देश्य, विधेयक तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो ।

कोभिड १९ को महामारीको दोश्रो लहरले पारेको प्रभावलाई नियन्त्रण गर्दै प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउन आर्थिक वर्ष ०७८–०७९ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु समावेश गरिएको छ ।

मन्त्री यादवले प्रस्तुत गरेको बजेट सिद्धान्तमा कोरोना महामारी नियन्त्रणको लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण देशको समग्र अर्थ व्यवस्थामा गम्भिर असर परेको अवस्थामा प्रदेश सरकार समेत राजस्व संकलनमा संकुचन आएको उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट विगतका वर्षहरुका महत्वकांक्षी प्रादेशिक योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष ०७८–०७९ को बजेट केन्द्रित रहने दाबी गरिएको छ ।

प्रदेशसभाको भोलि दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयकको प्रथमिकतामाथि छलफल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *