Main News
अहिलेसम्म ९ सय ५० जना पत्रकार कोरोना संक्रमित (भिडियो रिपोर्टसहित)
२०७८ जेठ २४ गते १७:२८

२४ जेठ २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघले अहिलेसम्म ९ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण भएको जनाएको छ ।
जसमध्ये १९ जनाको संक्रमणबाट मृत्यु भएको छ । २ सय जनामा अझै संक्रमण बाँकी रहेको पनि महासंघले जनाएको छ ।
महासंघले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम पनि देखिएको भन्दै महासंघले आपतकालीन अवस्थामा चाहिने अत्यावश्यक सामग्री राख्न पत्रकारलाई आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम बढिरहेको बेला पत्रकारको श्रमसँग जोडिएका समस्या उजुरीको रुपमा महासंघमा आउन थालेको महासचिव रोसन पुरीले बताउनुभयो ।
प्रतिक्रिया