सुदूरपश्चिम प्रदेशसभाको बैठक पर्सिका लागि सर्यो
२०७८ जेठ २३ गते १८:३७

२३ जेठ २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक पर्सिलाई सारिएको छ ।
भोलि दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक पर्सि विहान ९ बजे बस्ने छ ।
प्रदेशसभामा प्रि–बजेट छलफल गर्ने कार्यसूची रहेको भए पनि सरकारले आवश्यक तयारी नपुगेको जनाएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
जेठ २१ गते शुरु भएको अधिवेशनमा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी थियो ।
प्रतिक्रिया