कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए शपथ

हिमालय टिभी
२०७८ जेठ २३ गते १७:१४
कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए शपथ

२३ जेठ २०७८ कर्णाली । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । कांग्रेसका तर्फबाट सरकारमा दुईजना मन्त्री बनेका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका दुई जनालाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । सुर्खेतका यज्ञबहादुर बिसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठ जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त हुनु भएको छ ।

नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन । कांग्रेस दलको बैठकले बिसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको थियो ।

कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएको थियो । त्यस क्रममा नेकपा एमालेको माधव नेपाल समूहका चार जना सांसदले पनि फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको सत्ता जोगिएको थियो ।

त्यस लगत्तै कांग्रेसले दुईवटा मन्त्रालयको नेतृत्व गर्ने गरी सरकारमा सहभागी हुने निर्णय गरेको हो । दुई जना मन्त्री थपिएसँगै कर्णालीको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ ।

जसमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका ३ जना र एमाले नेपाल खनाल समूहका ३ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *