बाँदरमुढे घटनाका भएको १६ वर्ष पूरा, पीडितको अवस्था उस्तै

हिमालय टिभी
२०७८ जेठ २३ गते १५:११
बाँदरमुढे घटनाका भएको १६ वर्ष पूरा, पीडितको अवस्था उस्तै

२३ जेठ २०७८ चितवन । चितवनको बाँदरमुढेमा ४२ जनाको ज्यान जाने गरी विष्फोट गराइएको १६ वर्ष पूरा भएको छ । तत्कालिन विद्रोही माओवादीले यात्रुबाहक बसमा विस्फोट गराएको थियो ।

घटनामा ४२ जनाको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए । मृत्यु हुनेमा ३ जना नेपाली सेना र बाँकी सर्वसाधारण थिए । २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोला नजिकै एम्बुस थापेर गराइएको विस्फोटमा पनि मृत्यु हुने अधिकांस स्थानीय थिए ।

१६ वर्षसम्म पनि पीडित परिवारले न्याय पाएका छैनन । मृतक तथा घाइतेका परिवारलाई राज्यले सहज जीविकोपार्जन, उपचार, रोजगारी लगायतका सुविधासहितका विशेष कार्यक्रम नल्याएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् ।

बाँदरमुढेमा मृतकको सम्झनामा स्मारक बनाइएको छ । बाँदरमुढे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी क्षेत्रमा पर्छ । प्रचण्डले बाँदरमुढे घटनालाई सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भन्दै सार्वजनिक कार्यक्रममा माफि माग्नु भएको थियो ।

प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुँदा प्रचण्डले पीडित परिवारसँग ३ बुँदे लिखित सहमति गर्नु भएको थियो । तर ३ वर्षसम्म पनि सहमति कार्यान्वयन नभएको पीडित परिवारले गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *