अमेरिकी राष्ट्रपति बाइडेनको विदेश भ्रमणको शुरुवात बेलायतबाट हुने

हिमालय टिभी
२०७८ जेठ २१ गते ७:२७
अमेरिकी राष्ट्रपति बाइडेनको विदेश भ्रमणको शुरुवात बेलायतबाट हुने

२१ जेठ २०७८ न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहिलो विदेश भ्रमण बेलायतबाट हुने भएको छ । बाइडेनले राष्ट्रपति भएपछि पहिलो पटक बेलायती महारानीसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयसँग बाइडेनको भेटवार्ता आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।

बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा भेटवार्ताबारे उल्लेख गरिएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेनसमेत सहभागी हुने तय भएकव छ ।

अमेरिकी राष्ट्रपति बाइडेन जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत जाने कार्यक्रम रहेको छ। सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने तय भएको हो।

राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ। सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *