लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध विपक्षी यस्तो आक्रामक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १९ गते १९:०४
लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध विपक्षी यस्तो आक्रामक (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ बुटवल । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुरु भएको छ । बैठकको शुरुमै विपक्षी दल मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आक्रामक रुपमा उत्रिएका छन् ।

बुटवलमा जारी प्रदेश सभा बैठकमा विपक्षी दलका सांसदले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रदेश र संघीय सरकारको चर्को आलोचना गरेका छन् । विपक्षी दलले मुख्यमन्त्री पोखरेलको वैधतामा पनि प्रश्न उठाएका छन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले मुख्यमन्त्रीले सपथ लिएको ३० दिन पूरा भए पनि विश्वासको मत नलिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रदेश सरकार अल्पमतमा रहेको राष्ट्रिय सभाको उपचुनावले पनि पुष्टि गरेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग्नुभयो ।

पूर्वमन्त्री तथा माओवादीका सांसद सुदर्शन बरालले नैतिकताका आधारमा तत्काल राजीनामा दिन मुख्यमन्त्रीलाई सुझाव दिनुभयो । राजीनामा नदिए कानूनी र राजनीतिक प्रतिवाद गर्ने बरालको भनाइ छ ।

जनता समाजबादी पार्टीका सहशराम यादबले नेकपा एमाले तलदेखि माथिसम्म गणतन्त्र समाप्त पार्न लागि परेको आरोप लगाउनुभयो । उहाँले अल्पमतमा रहेका मुख्यमन्त्रीलाई सपथ गराएको भन्दै प्रदेश प्रमुखको पनि आलोचना गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले अधिनायकबादी शैलिले प्रदेश सरकार अल्पमतमा परेको बताउनुभयो । नेकपा एमालेका सांसद लिला गिरीले सरकारको बचाउ गर्दै सरकार पूर्ण बहुमतमा रहेको दाबी गर्नुभयो ।

गत वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले वैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै राजिनामा दिएर पुन नियुक्ति लिएपछि विपक्षी गठबन्धन असन्तुष्ट छ ।

लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् । लुम्बिनी प्रदेशको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *