लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन जेठ १९ गते शुरु हुने

हिमालय टिभी
२०७८ जेठ १७ गते १५:२१
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन जेठ १९ गते शुरु हुने

१७ जेठ २०७८ रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ।

प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते दिउँसो एक बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको हो।

मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *