बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

हिमालय टिभी
२०७८ जेठ १६ गते १८:३६
बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

१६ जेठ २०७८ मकवानपुर । बागमती प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।

बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशनको पहिलो बैठकले प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य चौलागाईंको निधनप्रति गहिरो समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

सांसद् चौलागाईंको गत बैशाख २८ गते कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *