भेरी अस्पतालमा प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना प्रहरी परिचालन
२०७८ जेठ १५ गते १४:३९
१५ जेठ २०७८ बाँके । भेरी अस्पताल नेपालगन्जमा आजदेखि नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)को कमान्डमा २५ जना प्रहरी खटिएका छन् ।
तोजेन्द्र विसीको कमाण्डमा २ जना असईसहित २५ जनाको प्रहरी टोलीलाई भेरी अस्पताल मै बस्ने गरी खटाइएको हो ।
बिरामीका कुरूवाले डाक्टर र नर्सलाई कुटपिट गरेपछि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन ठूलो संख्यामा प्रहरी टोली खटाइएको प्रशासनले जनाएको छ ।
यसअघि असईको कमान्डमा ७ जना प्रहरी खटिँदै आएका थिए । बिहीबार बेलुका नेपालगन्जको भेरी अस्पतालको कोरोना वार्डमा ड्युटीमा रहेका चिकित्सक र स्टाफ नर्समाथि बिरामीका आफन्तले कुटपिट गरेका थिए ।
प्रतिक्रिया