बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु
२०७८ जेठ ११ गते १४:४५

११ जेठ २०७८ बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नम्बर १ सरखल फचक्पुरकी ३७ वर्षीया चन्द्रा विक र उहाँकी तीन वर्षीया छोरी दिपिकाको मृत्यु भएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले हात्तीको आक्रमणबाट चन्द्राको घटनास्थलमै र दीपिकाको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर मृत्यु भएको जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावारबाट गेरुवा क्षेत्रमा निरन्तर रुपमा मानवीय तथा भौतिक क्षति भइरहे पनि नियन्त्रण नभएको भन्दै स्थानीय बासिन्दा आक्रोशित छन ।
प्रतिक्रिया