एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
२०७८ जेठ ९ गते १८:२७

९ जेठ २०७८ काठमाडौं । एनसेलले कोरोना संक्रमितको उपचारका लागि सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
एनसेल आजियाटा लिमिटेडले सरकारलाई १ सय ५० थान अक्सिजन कन्सन्ट्रेटर्स दिने घोषणा गरेको थियो । त्यो घोषणा अनुसार आज पहिलो लट हस्तान्तरण गरिएको हो ।
एनसेलले कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने जनाएको छ ।
पोहोर एनसेलले कोभिड प्रतिकार्य अन्तर्गत कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ दिएको थियो ।
प्रतिक्रिया