राष्ट्रियसभा सदस्य उम्मेदवारी फिर्ता लिन डा. देवकोटालाई कस्ले दियो धम्की ?

९ जेठ २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यमा हालै निर्वाचित भएका डाक्टर खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई फकाउने र थर्काउने काम भएको बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत डा. देवकोटाले केहीको आवाज रेकर्ड नै राखेको उल्लेख गर्दै आवश्यक परेमा सार्वजनिक गर्ने चेतावनी समेत दिनुभएको छ ।
विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने बुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै देवकोटाले आफू अडिग रहेको बताउनुभयो ।
देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेपाल–खनाल समूह र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव समूहको समर्थनमा उम्मेदवार हुनु भएको थियो ।
उहाँले एमालेका आधिकारिक उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया