धादिङको आँखुखोलाले बगाउँदा दम्पतीको मृत्यु
२०७८ जेठ ८ गते १८:४६

८ जेठ २०७८ धादिङ । धादिङमा आँखुखोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।
नेत्रावती डबजोङ गाउँपालिका र गंगाजमुना गाउँपालिकाको सिमानामा रहेको आँखु खोलाले बगाउँदा एकै परिवारका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान साढे ७ बजेको समयमा आँखु खोला तर्ने क्रममा श्रीमान् ६२ वर्षीय लुरबहादुर गुरुङ र श्रीमती ६० वर्षीया असारी माया गुरुङलाई खोलाले बगाएको अवस्थामा २ सय मिटर तल पाखामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया