कोरोना कहरमा पनि पृथ्वी राजमार्ग मर्मत तिब्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ८ गते १४:५२
कोरोना कहरमा पनि पृथ्वी राजमार्ग मर्मत तिब्र (भिडियो रिपोर्टसहित)

८ जेठ २०७८ दमौली । कोरोना कहरका बाबजुद पृथ्वीराजमार्गको आवधिक मर्मत कार्य तीब्रताका साथ भईरहेको छ ।

पृथ्वी राजमार्गको दमौली आँबुखैरैनी सडक खण्डको ३६ मध्ये ३१ किलोमिटर मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

भौतिक दुरी, मास्क, सेनिटाईजरको प्रयोग जस्ता सुरक्षाका मापदण्ड पालना गर्दै मर्मत कार्य जारी राखिएको छ । जेठ महिनासम्ममा निर्माण कार्य परा गर्ने लक्ष्य लिई काम तिब्र भइरहेको सडक डिभिजन कार्यालय तनहुँका सवईन्जिनियर दिपक पोख्रेलले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले पाँच करोड विनियोजन गरेकोमा ३ करोड ९० लाख रुपियाँमा सडक मर्मतको काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *