नेपाल भूकम्पको जोखिममा रहेकाले सतर्कता अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते २०:५६
नेपाल भूकम्पको जोखिममा रहेकाले सतर्कता अपनाउन विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् डाक्टर लोकविजय अधिकारीले आज लमजुङ केन्द्र विन्दु भएर ०७२ सालकै महाभुकम्पको परकम्प गएको र यस्ता परकम्प त्यस क्षेत्रमा फेरि पनि आउन सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

हिमालय टेलिभिजनसित कुराकानी गर्दै अधिकारीले अझै केही वर्ष परकम्प आउने बताउनुभयो ।

भुकम्पविद् डाक्टर अधिकारीले नेपाल भुँइचालोको जोखिममा रहेकोले त्यसबाट हुने क्षति कम गर्न संरचना पनि त्यसै अनुसारका बनाउन आग्रह गर्नुभयो ।

०७२ सालको भुकम्पले बढी प्रभावपारेको क्षेत्र गोरखादेखि दोलखासम्म मात्रै होईन, अरु ठाउँमा पनि त्यसै अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *