दाताले दानमा दिएको एम्बुलेन्सलाई साइरन हटाएर यसरी बनाइयो भाडाको गाडी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते १४:१९
दाताले दानमा दिएको एम्बुलेन्सलाई साइरन हटाएर यसरी बनाइयो भाडाको गाडी (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ बागलुङ । बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा सामाजिक संस्थाले एम्बुलेन्स भनेर दिएको बोलेरो जीप भाडाको सार्वजनिक गाडीमा परिणत भएको पाइएको छ ।

सन्स वर्ल्ड भिजन नामक जापानिज संस्थाले ३ वर्षअघि २०७५ साल वैशाखको पहिलो हप्ता एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

तर पछि एम्बुलेन्सको साइरन र एम्बुलेन्स लेखिएको स्टिकर निकालेर सार्वजनिक सवारीको रुपमा प्रयोग गरिएको स्थानीयले बताउँदै आएका छन् ।

सन्स वर्ल्ड भिजनले २५ लाख रुपैयाँ खर्च गरेर उपलब्ध गराएको यो एम्बुलेन्सले अहिले दमेक–बागलुङ सडकमा यात्रु ओसार्ने काम गर्दै आएको छ ।

पञ्चदेव लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सापकोटाले मन्दिरको पैसा पनि एम्बुलेन्समा परेका कारण एम्बुलेन्सलाई मन्दिरको नाममा नामसारी गराएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *