गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

हिमालय टिभी
२०७८ जेठ ५ गते १३:२७
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

५ जेठ २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको छ ।

गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट वैशाख २९ गते सपथ लिनुभएका गुरूङले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको हो ।

मुख्यमन्त्री गुरुङले पुराना सबै मन्त्रीलाई निरन्तरता दिने तयारी गर्नुभएको छ । यदी त्यो सम्भव नभए आज तीन जना मन्त्री नियुक्त गर्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्नेबारे पनि छलफल भइरहेको छ । आज अर्थमन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दोहोर्याउने तयारी गर्नुभएको छ ।

यस्तै ८ दिन मात्रै मन्त्री भएर पदमुक्त भएका सांसद दिपक मनाङ्गेलाई पनि आज पुन सपथ गराउने तयारी भएको छ । मुख्यमन्त्री गुरुङले पुराना सबैलाई दोहोर्याउनेबारे पनि छलफल भने गरिरहनुभएको छ ।

१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि ८ मन्त्रालय पुगेको थियो ।

मुख्यमन्त्री गुरूङले जेठ २९ गतेभित्र विश्वासको मत लिनु पर्ने छ । कोरोना पोजेटिभ रहेरै दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले २९ गते नै मन्त्रिपरिषद् गठन गर्न चाहे पनि स्वास्थ्यका कारणले रोकिएको थियो । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *