धादिङमा आज एकैदिन १ सय ३७ जनामा संक्रमण, थप पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ४ गते १८:०२
धादिङमा आज एकैदिन १ सय ३७ जनामा संक्रमण, थप पाँच जनाको मृत्यु

४ जेठ २०७८ धादिङ । धादिङका थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको नीलकण्ठका २, धुनीबेशीका ९, गल्छीका ३०, गजुरीका २ , बेनिघाट रोराङका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यस्तै ज्वालामुखीका ३८, गंगाजमुनाका १, नेत्रावतीका २५, थाक्रेका २, सिद्धलेकका १, धादिङ अस्पतालमा २४ जना र पालिका नखुलेका २ जना गरी कुल १३७ जनामा संक्रमण पुष्टि भएको छ । आज जिल्ला भित्र १२६ र जिल्ला बाहिर ११ पोजिटिभ केश देखिएको छ।

यससँगै जिल्लामा सक्रिय केश १ हजार एक सय ७० पुगेको छ । संक्रमित मध्ये ८८२ जना जिल्ला भित्र र २८८ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने २ हजार ८९३ पुगेको छ ।

जिल्ला भित्र हस्पिटल आईसोलेसनमा १७, संस्थागत आइसोलेसनमा धुनिबेसिमा १, गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालिमा ५, गजुरीमा ५, बेनिघाट रोराङ्गमा ६, गंगाजमुनामा २ जना रहेका छन् भने जिल्ला भित्र होम आइसोलेसनमा ८४१ रहेका छन्।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल तथा संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा २६२ जना रहेका छन्। आज एकैदिन थप ३१ संक्रमितले कोरोना जितेसँगै जिल्लाभर संक्रमण मुक्त हुनेको संख्या १६९१ पुगेको छ ।

आज निलकण्ठ नगरपालिकामा २ जना पुरुष, धुनिबेसी नगरपालिकामा २ जना पुरुष र सिद्धलेक गाउँपालिकामा १ जना पुरुष गरी आजको मृत्यु संख्या ५ रहेको छ । योसँगै जिल्लाको मृत्यु संख्या ३३ पुगेको छ । धुनिबेसी नगरपालिकामा १६, गल्छी गाउपालिकामा ७८, गजुरी गाऊँपालिकामा १०, रुबिभ्याली गाऊँपालिकामा ९ र गंगाजमुना गाऊँपालिकामा ३६ गरि आज जिल्ला भित्र १४९ स्वाब संकलन भएको छ । यससँगै जिल्लामा ५५० जनाको नतिजा आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *