लामो समय काम गर्दा स्ट्रोक र मुटुरोगबाट हजारौंको मृत्युः डब्ल्युएचओ
२०७८ जेठ ४ गते ८:३७
४ जेठ २०७८ काठमाडौं । लामो समयसम्म काम गर्दा स्ट्रोक र मुटुरोगका कारण हजारौं मानिसको मृत्यु भइरहेको विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ ।
एक हप्तामा ५५ घण्टा वा त्योभन्दा बढी काम गर्नेमा स्ट्रोक हुने उच्च जोखिम ३५ प्रतिशत रहने र मुटुरोगको उच्च जोखिम १७ प्रतिशत हुने अनुसन्धानको निष्कर्ष छ । तर ३५ देखि ४० घण्टा काम गर्नेमा यस्तो समस्या कम रहेको देखिएको छ ।
अध्ययनले लामो समय काम गर्ने क्रममा मृत्यु भएका एक तिहाईको उमेर मध्यमदेखि वृद्ध अवस्थाको रहेको देखाएको छ । दक्षिण पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रका मानिसमा बढी समस्या देखिएको छ ।
कोरोना महामारीले अवस्था झन् भयावह हुने देखिएको डब्ल्यूएचओले जनाएको छ । अध्ययन अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग मिलेर गरिएको थियो ।
प्रतिक्रिया