झापामा आकस्मिक कक्षमा उपचार गराउन पुग्ने बिरामी बढे
२०७८ जेठ ३ गते १९:०५

३ जेठ २०७८ झापा । मेची अंचल अस्पतालको आकस्मिक कक्षमा उपचार गराउन पुग्ने बिरामीको संख्या बढेको छ ।
मेची अस्पतालमा पीसीआर परीक्षण नगरेका तर स्वासप्रश्वासमा समस्या भएका बिरामी धेरै पुग्ने गरेका कारण उपचार पनि समस्या भएको छ ।
अहिले कोरोनासँगै मिल्दोजुल्दो लक्षण भएका तर पीसीआर परीक्षण नगरेका बिरामी आकस्मिक कक्षमा नै आउन थालेका छन् । जसले गर्दा अरु बिरामी र स्वास्थ्यकर्मी पनि जोखिममा छन् ।
मेची अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितलाई राखेर उपचार गर्ने गरिएको छ । मेची अस्पतालमा १ सय बेड कोभिड संक्रमितका लागि बनाइएको छ ।
हाल अस्पतालमा ७२ जनामा २२ महिला र ५० जना पुरुषको उपचार भइरहेको छ ।
प्रतिक्रिया