धादिङमा ७० जना संक्रमित थपिँदा थप ३ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ ३ गते १८:०८
धादिङमा ७० जना संक्रमित थपिँदा थप ३ जनाको मृत्यु

३ जेठ २०७८ धादिङ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ७० जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएअनुसार आज नीलकण्ठ नगरपालिकामा ४७, धुनीबेसी नगरपालिकामा २ र त्रिपुरासुन्दरीमा १ र जिल्ला बाहिरका २० जनासहित ७० जनामा कोरोना पुष्टि भएको हो ।

आजै नीलकण्ठमा १ पुरुष, सिद्धलेकमा १ महिला र बेनिघाट रोराङ्गमा १ पुरुष गरी ३ जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको संख्या २८ पुगेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । आज डिस्चार्ज हुनेको संख्या आज १० रहेको छ ।

जिल्लाभित्र ७८० र जिल्ला बाहिर २८७ गरेर जिल्लाको सक्रिय केस १ हजार ६७ पुगेको छ । जिल्लाभित्र हस्पिटल आइसोलेसनमा २५, संस्थागत आइसोलेसन गल्छीमा २, त्रिपुरासुन्दरीमा ३, बेनिघाट रोराङ्गमा ८, रुबीभ्यालिमा २, धुनीबेसीमा १ र गजुरीमा ९ रहेका छन् भने होम आइसोलेशन मा ७३० जना रहेका छन् ।

त्यसैगरी जिल्ला बाहिर हस्पिटल र संस्थागत आइसोलेशनमा २४ जना रहेका छन् भने होम आइसोलेशनमा २६३ जना रहेका छन् ।

आज त्रिपुरासुन्दरीमा ७०, गंगाजमुनामा २१, नेत्रावती डवजोङमा ३, थाक्रेमा १२ र धादिङ्ग अस्पतालमा ६० जनाको स्वाब संकलन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *