उपभोक्ताको गुनासोसँगै धादिङमा बजार अनुगमन तिब्र

हिमालय टिभी
२०७८ जेठ ३ गते १७:४४
उपभोक्ताको गुनासोसँगै धादिङमा बजार अनुगमन तिब्र

३ जेठ २०७८ धादिङ । धादिङमा कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणका लागि लागू गरिएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेपछि धादिङमा अनुगमन तिव्र पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग विकास कार्यालय लगायतको संयुक्त टोलीले धादिङबेसी बजार क्षेत्र र पृथ्वी राजमार्ग बजार क्षेत्रमा अनुगमन गरेका छन् । अनुगमन टोलीले खाद्यान्न, फलफूल, तरकारी थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो ।

धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाको बजार र गजुरी गाउँपालिकाको गजुरीबजार र ज्वालामुखी गाउँपालिकाको साँधभज्याङ क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ ।

कोरोना भाइरस संक्रमणको महामारीमा खाद्यवस्तुमा मिसावट, मूल्यवृद्धि, अखाद्य वस्तुको बेचविखच भएका कारण बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

निशेधाज्ञाको समयमा व्यापारीहरुले खाद्यान्नका सामग्री चामल, दाल, तेल लगायत महंगोमा बेच्ने गरेको उपभोक्ताले बताएका छन् । व्यापारीहरुले गोदाममा रहेका र निषेधाज्ञा अघि ल्याएका सामानहरुलाई पनि मूल्यवृद्धि भएर आएको भनेर बढी मूल्यमा विक्री गर्ने गरेको स्थानीयले गुनासो छ ।

नियमित आम्दानीको स्रोत नहुने र दैनिक ज्यालामजदुरी गरी आफ्नो हातमुख जोड्नुपर्ने बाध्यतामा रहेकाहरुलाई मूल्यवृद्धि हुँदा निकै अप्ठेरो परेको छ । अनगुमनको क्रममा मूल्यसूची कुनै पनि पसलमा नराखिएको, म्याद नाघेका खाद्य वस्तु राखिएको, केही पसलहरुले दर्ता पनि नगरेको पाइएको छ ।

टोलीले अनुगमन गरिएका फर्महरूमा तत्काल मूल्यसूची राख्न, साइनबोर्ड राख्न, बिल लिन दिन, म्याद गुज्रिएका सामग्री नराख्न, अनुमति नभएका सामग्री बिक्री नगर्न, इजाजत लिएर मात्र कारोबार गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *